२०७८ साल माघ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने’

देवराज सुवेदी २०७६ कार्तिक २० गते १७:५०

मेलम्ची– खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न र  मिति तोक्न एकजुट भएर लागिरहेको बताउनुभएको छ ।

मेलम्ची खानेपानी आयोजनाको लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय आयोजनाको टिम एकजुट भएर लागिरहेको उहाँले दाबी गर्नुभयो ।

आयोजनाको समय थपि“दै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सिएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनक रुपले काम गरेको बताउनुभयो । मन्त्रालयको विशेष टिमले यसबारे गहिरो रुपमा केलाएर कामलाई अगाडी बढाइरहेको उहाँको भनाई छ ।

मन्त्री मगरका अनुसार स्थानीयको रोयल्टी निश्चित गर्नको लागि मन्त्रालयस्तरको समस्या समाधान समिति बनाइएको छ । उहाँले मेलम्ची राजधानी नपुग्दा वर्षौको प्यास मेटिन नपाएको भन्दै काम पुरा गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय कामदारको पारिश्रमिकबारे मन्त्रालयको सहसचिवको एउटा समिति बनिसकेकोले आवश्यक छानबिन थालिसकेको उहाँले प्रष्ट्याउनुभयो ।

मन्त्रालयको टोली, आयोजनाका प्रतिनिधि , जनप्रतिनिधिस“गै हेलम्बु गाउ“पालिकाको अम्बाथान्स्थित खानेपानीको मुहानस्थल ,हेर्डवक्सस्थल निरिक्षण गर्दै मन्त्री मगरले चाडै आयोजना सक्ने प्रतिबद्धता गर्नुभयो ।

सम्बन्धित