तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सव शुरु

तनहुँ । तनहुँ जिल्लामा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले बुधबारदेखि दमौलीमा तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सव शुरु भएको छ ।

सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउन व्यास नगरपालिका–४ सिमलटारमा चौथो पटक महोत्सव शुरु गरिएको हो ।

महोत्सवमार्फत जिल्लाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल घुम्न आन्तरिक पर्यटकलाई आह्वान गरिने महोत्सव मूल समारोह समितिका संयोजक वसुन्धरा घर्तीले जानकारी दिनुभयो ।

संयोजक घर्तीका अनुसार महोत्सव अवलोकनका लागि आउने पर्यटकलाई जिल्लाका विभिन्न सांस्कृतिक ग्राम र धार्मिकस्थलको भ्रमण गराइनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button