२०७८ साल माघ २ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सटीनेटको अन्तराष्ट्रिय सम्मेलन आजदेखि ललितपुरमा शुरु

भुषण पोखरेल २०७६ कार्तिक २० गते १६:४२

फाइल तस्बिर

ललितपुर – दक्षिण एशियाली प्रशान्त क्षेत्रको महानगरपालिका, नगरपालिका र शहरहरुको दिगो बिकासको लागि काम गर्ने सञ्जाल सिटीनेटको अन्तराष्ट्रिय सम्मेलन आजदेखि ललितपुरमा शुरु भएको छ ।

सम्मेलनको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षण र दिगो पर्यटनको लागि सम्मेलन फलदायी रहने बताउनुभयो ।

उहाँले ललितपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य , सरसफाई र दिगो पर्यटनको लागि काम शुरु गरिसकेको जानकारी दिनुभयो ।

सो अवसरमा सञ्जालका महासचिव विजय जगन्नाथनले नागरिकको जीवनस्तर उठाउन र पर्यावरण संरक्षणमा यस संस्थाले काम गर्ने गरेको बताउनुभयो ।

१५० भन्दा बढि देश सदस्य रहेको उक्त सम्मेलन तीन दिनसम्म चल्ने छ ।

सम्बन्धित