काठमाडौं । नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ । बुधबार पार्टी पदाधिकारीको बैठकले पौडेललाई टिकट दिने निर्णय गरेको हो ।
यसअघि टिकट पाउनेमा मंगलबारसम्म साँझसम्म धनराज गुरुङको नाम बढी चर्चामा थियो । तर गुरूङले हात झिकेपछि पार्टीले पौडेललाई उम्मेदवार बनाएको हो ।