तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुखहरुको हेरफेर गर्ने सरकारी निर्णय निर्वाचन आचारसंहिता विपरीत होइन : निर्वाचन आयुक्त

काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचार संहिता विपरीत नरहेको बताएको छ ।

निर्वाचन आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरी पौडेलले सरकारले हालै गरेको प्रदेश प्रमुहरुको हेरफेर गर्ने निर्णय निर्वाचन आचार संहिता विपरित नहुने बताउनुभएको हो । निर्वाचन आचारसंहिताको बुँदामा प्रदेश प्रमुहरुको विषयमा उल्लेख नभएकाले यसले आचारसंहिता उल्लंघन नहुने धारणा राख्नु भयो ।

पौडेलले भन्नुभयो ‘आचारसंहितको कुनै पनि बुँदामा मन्त्रिपरिषद पुनर्गठन र प्रदेश प्रमुखहरुको नियुक्ति गर्न नहुने भनिएको छैन । त्यसैले यसलाई हामीले सरकारमाथि नैतिक प्रश्नको रुपमा लिन हुन्न ।’ पौड्यालको भनाइृ थियो ।

सरकारले हालै प्रदेश प्रमुखहरुको पदमुक्ति र नियुक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको थियो ।
आयुक्त पौड्येलले यद्यपी निर्वाचन आयोग आचार संहिता पालना भए नभएको बारे गंभिर रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button