तपाईँ सुन्दै हुनुहुन्छः

स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या बढ्दै

बुटवल। रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिनेको सङ्ख्या बढ्दै गएको छ ।

अहिलेसम्म कूल ६० हजार ३५२ ले व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिएको सो कार्यालयले जनाएको छ । उक्त सङ्ख्यामध्ये चालू आर्थिक वर्षको २०७६÷०७७ को कात्तिक १५ गतेसम्म झण्डै सात महिनाको अवधिमा २८ हजार ६८४ ले व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिएको आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत अर्जुन ढकालले जानकारी दिनुभयो ।

व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिनेमा अधिकांश सरकारी कर्मचारी भएको बताइएको छ । विसं २०७६ असार मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिनेको सङ्ख्या ३१ हजार ६६८ रहेको छ । “सरकारले यसलाई व्यवस्थापन गर्न खोजेकाले पनि प्यान अनिवार्य भएको छ”, उहाँले भन्नुभयो । त्यस्तै व्यावसायिक स्थायी लेखा नम्बर ९प्यान० लिनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

अहिलेसम्म कूल ५२ हजार २३२ ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर ९प्यान० लिएका छन् । उक्त सङ्ख्यामध्ये चालू आव २०७६÷०७७ को कात्तिक १५ गतेसम्म चार हजार ९९२ ले व्यावसायिक प्यान लिएका छन् । विसं २०७६ असार मसान्तसम्म ४७ हजार २४० ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।

यसैगरी मूल्यअभिवृद्धि कर ९भ्याट० मा अहिलेसम्म आठ हजार ६३९ ले दर्ता गराएका छन् भने विसं २०७६ को कात्तिक १५ सम्म एक हजार २७० ले दर्ता गराएका छन् । अहिलेसम्म भ्याटमा दर्ता गराउनेको सङ्ख्या सात हजार ३६९ रहेको छ ।

स्थायी लेखा नम्बर ९प्यान० आयकर, मूल्यअभिवृद्धि कर एवं अन्तशुल्कसम्बन्धी सबै कारोवारको लागि प्रयोग हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button