तपाईँ सुन्दै हुनुहुन्छः

अगामी पाँच वर्षभित्र डिजिटल नेपाल बन्ने

काठमाडौं । अगामी पाँच वर्ष भित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइसकेको छ ।कार्यक्रम कार्यान्वय कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठ वटा क्षेत्र डिजिटल फाउण्डेशन, कृषि, शहरी पूर्वाधार, वित्त, पर्यटन, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथमिकतामा राखेको छ ।

डिजिटल नेपालको कल्पनाले नै नेपालले विकासमा फड्को मार्न सक्ने, आर्थिक वृद्धिदर १० दशमलव चार प्रतिशत पु¥याउने र प्रत्येक नेपालीको वार्षिक आय एक हजार ६२ अमेरिकी डलरबाट एक हजार ६२० अमेरिकी डलर पु¥याउने, हरेक सरकारी सेवा सुविधामा जनताको उल्लेखनीय पहुँच पु¥याउने र नेपाली जनताको समय र लागतमा कमी ल्याई अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने डिजिटल नेपालको कार्ययोजनामा परिभाषित गरिएको छ ।

डिजिटल नेपालले ठहर गरेको आठ वटा आधारमा डिजिटल फाउण्डेशन र शहरी पूर्वाधारका बारेमा मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, कृषि, स्वास्थ्य र शिक्षाका विषयमा मन्त्रालयका उपसचिव रामगोविन्द अर्याल, ऊर्जा र पर्यटनका विषयमा मन्त्रालयका कम्प्युटर इन्जिनियर कल्पना ज्ञवाली र विद्युतीय हस्ताक्षर र यसको प्रयोगको विषयमा मन्त्रालयका उपसचिव अनिलकुमार दत्तले विस्तृत कार्य योजना प्रस्तुत गर्नु भएको थियो । दुई दिने सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका करिब ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button