तपाईँ सुन्दै हुनुहुन्छः

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो : प्रचण्ड

घोराही । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सार्बजनिक भएको भारतीय नक्साप्रति आपत्ती जनाउनुभएको छ । प्रेस संगठन दाङले बुधबार आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आपत्ती जनाउनुभएको हो ।

भारतले सार्बजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै यस विषयमा पार्टी र सरकारको गम्भिर ध्यानाकर्षण भएको उहाँले बताउनु भयो ।  उहाँले यस विषयमा आफु प्रधानमन्त्री भएको समयमा भारतको ध्यानाकर्षण गराएको स्मरण गराउँदै अहिलेपनि समस्या समाधानका लागि  कुटनीतिक पहल भइरहेको बताउनुभयो ।

पत्रकारहरुले सोधेको प्रश्नको जावफ दिदै अध्यक्ष प्रचण्डले मुलुकमा स्थायी राजनीतिका लागि पार्टी एकता भएको भन्दै बर्तमान सरकार नै पाँच बर्षका लागि गठन गरिएको बताउनु भयो ।  आलोपालोमा सरकार गठनका कुरा अब इतिहास भएको अध्यक्ष प्रचण्डले प्रष्ट पार्नुभयो ।

अर्को प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले पुर्ब सभामुख कृष्णबहादुर महराले नैतिक कमजोरी गरेको र अदालत मार्फत् समस्या समाधान हुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button