तपाईँ सुन्दै हुनुहुन्छः

पाँच वर्षभित्र डिजिटल नेपाल बनाउन मन्त्रालयको कार्ययोजना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अगामी पाँच वर्ष भित्रमा डिजिटल नेपाल बनाउन नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाएको छ ।

कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा आज आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठ वटा क्षेत्र डिजिटल फाउण्डेशन, कृषि, शहरी पूर्वाधार, वित्त, पर्यटन, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथमिकतामा राखेको जनाएको छ ।

आर्थिक वृद्धिदर १० दशमलव चार प्रतिशत पुर्याउने र प्रत्येक नेपालीको वार्षिक आय एक हजार ६२ अमेरिकी डलरबाट एक हजार ६२० अमेरिकी डलर पुर्याउने, हरेक सरकारी सेवा सुविधामा जनताको उल्लेखनीय पहुँच पुर्याउने र नेपाली जनताको समय र लागतमा कमी ल्याई अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने डिजिटल नेपालको कार्ययोजनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button