तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानियतहको  मनोनयनपत्र दर्ता २१ र २७ गते हुने

काठमाडौं । आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची–५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button