तपाईँ सुन्दै हुनुहुन्छः

तीन महिनाको अवधिमा लगानीकर्ताको १ खर्ब ४२ करोड गुम्यो

सुरेन्द्रमणि त्रिपाठी । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा शेयर बजारका लगानीकर्ताले १ खर्ब ४२ करोड रुपैयाँ गुमाएका छन् ।

आर्थिक वर्षको सुरुको दिन साउन १ गते १५ खर्ब ८७ अर्ब रुपैयाँ बराबर रहेको बजार पूँजीकरण असोजको अन्तिम कारोबार दिन ३० गते बिहीबार १४ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको थियो ।

शेयर बजारमा गरिएको लगानी डुब्दा लगानीकर्ताहरु शेयर बजारप्रति नै निराश बन्दै गएपछि शेयर बजार घट्दै जान थालेको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा नेप्से सूचक १३७.११ अंकले घटेको छ । साउन १ गते एक हजार २७४ दशमलब ८६ बिन्दुमा रहेको नेप्से परिसूचक त्रैमासको अन्तिम कारोबार दिन एक हजार १३७ दशमलव ७५ बिन्दुमा पुगेर बन्द भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button