२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

​बझाङमा सुरुङभित्र फसेका अर्का मजदुरको पनि शव निकालियो(तस्बिर सहित)

रेडियो नेपाल २०७६ कार्तिक १९ गते १४:००
Image may contain: 4 people, people standing and outdoor
काठमाडौं । बझाङको बुङ्गल नगरपालिकाको एक जलविद्युत आयोजनाको सुरुङमा फसेका अर्का एक जनाको पनि शव निकालिएको छ ।
कालङ्गा जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा बेपत्ता ४ जनामध्ये बुधबार एक जनाको शव निकालिएको प्रहरीले जनाएको छ । यसअघि मंगलबार तीनजनाको शव निकालिएको थियो ।

सुरुङभित्र मृत्यु हुनेहरुमा दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही तथा अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी छन्। सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटार चितवनबाट गएको उद्धार टोलीले उनीहरुको शव सुरुङबाट निकालेको हो ।
Image may contain: 1 person, outdoor
सुरुङभित्र लगिएको अक्सिजनको पाइपलाइन एकाएक अवरुद्ध भएपछि उनीहरू निस्सासिएर थुनिएका थिए । अन्य दुई मजदुर भने बाहिर निस्किन सफल भएका थिए ।
Image may contain: 6 people, outdoor
Image may contain: 3 people

सम्बन्धित