तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले गर्यो प्रदेश प्रमुख नियुक्तिकाे सिफारिस

काठमाडौँ । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

यसअघि आजै बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको थियो । सचिवालयले टुंगो लगाएको नाम प्रदेश प्रमुखमा नियुक्ति गर्न सरकारलाई सिफारिस  गरिएको थियो  । प्रदेश टुंगो नलगाई सचिवालयले नाम सिफारिस गरेको भए पनि मन्त्रिपरिषद् बैठकले यसबारेमा टुंगो लगाएर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको सिफारिसबमोजिम राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्नु हुनेछ ।

मन्त्रिपरिषद् बैठकले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका प्रदेश प्रमुखहरुको नामावली : 
प्रदेश नम्बर १ : सोमनाथ अधिकारी प्यासी
प्रदेश नम्बर २ : तिलक परियार
प्रदेश नम्बर ३ : बिष्णु प्रसाई
गण्डकी प्रदेश : अमिक शेरचन
प्रदेश नम्बर ५ : धर्मनाथ यादव
कर्णाली प्रदेश  : गोविन्द कलौनी
सुदूरपश्चिम प्रदेश : शर्मिला त्रिपाठी

प्रतिक्रिया राख्नुहोस्

Back to top button