२०७९ साल साउन २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘आगामी पाँचवर्ष भित्रमा नेपाल पुर्णरुपमा डिजिटल प्रविधिमा रुपान्तर हुने’

रेडियो नेपाल २०७६ कार्तिक १८ गते १६:५६

बिराटनगर– आगामी पााचवर्ष भित्रमा नेपाल पुुर्णरुपमा डिजिटल प्रविधिमा रुपान्तर हुने भएको छ । संचार तथा सुुचना प्रविधि मन्त्रालयको आयोजनामा विराटनगरमा आजदखि शुरु भएको डिजिटल नेपाल कार्ययोजना कार्यान्वयन सम्बन्धमा सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा सो जानकारी गराइएको हो ।

नेपालमा सुुचना प्रविधिको पहुच अहिले ६० प्रतिशत रहेकोमा आगामी पाँचवर्ष एकसय प्रतिशत पहुुच पु¥याउने लक्ष्य अनुुसार सरकारले पाचवर्षे कार्ययोजना तयारी पारिसकेको छ ।

सो कार्ययोजनाको कार्यान्वयनका लागि आयोजित प्रदेश स्तरिय छलफल कार्यक्रममा बोल्दै संचार तथा सुुचना प्रविधि मन्त्रालयका सह–सचिव विरेन्द्रकुमार मिश्रले नेपाललाई डिजिटल फेमवर्क मन्त्रिपरिषबाट पास भई सकेकाले पाँच वर्षभित्र नेपाल पुर्ण डिजिटल प्रविधिमा रुपान्तरण हुने बताउनुभयो ।

उँहाले मुलुकको समृद्धिका लागि डिजिटल प्रविधिलाई सबै सरकारी कार्यालयसंग जोडदै स्थानीयस्तरमा प्रविधिको पहुँच पु¥याएर क्रयशक्ति वृद्धि गर्ने सरकारको लक्ष्य रहेको उँहाको भनाई थियो ।

कार्यक्रममा मंत्रालयका उप–सचिव रामगोबिन्द अर्यालले डिजिटल फाउण्डेसनका क्षेत्रकोबारेमा चर्चा गर्नु भएको थियो ।

मन्त्रालयका इन्जिनियर कल्पना ज्ञवालीले उर्जा र पर्यटनक्षेत्रलाई डिजिटल प्रविधिसँग कसरी जोडने भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।

नेपाल सरकारले डिजिटल नेपालको फेमवर्कमा कृषि, उर्जा , पर्यटन, सहरी पुुर्वाधार, स्वास्थ्य सिक्षा तथा वित्तलगायत आठवटा क्षेत्र तोकेर ८० वटाक्षेत्रमा पहल गरिरहेको छ । विश्वमा नैै नेपाल सुुचना प्रविधिको पहुुच पुुगेको मुलुकमध्ये विश्वमा नेपाल एक सय १७ नम्वरमा पदर्छ । केही बर्षअघि नेपाल एक सय ३७ आँै नम्बरमा थियो । केही वर्षमा सुचना प्रविधिको पहुँचको क्षेत्रमा ठलो फडको मारेको सह–सचिव मिश्रको भनाई छ ।

दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा प्रदेश मन्त्रालयका आइटी इन्जिनियर , उधोग वाणिज्य संघ तथा उधोग संगठन तथा स्थानियतह साथै विभिन्न सञ्चारमाध्यमका प्रतिनिधीहरुको सहभागिता छ ।

सम्बन्धित