तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा हेलो नेपालको टावर तोडफोड

सल्यान – हेलो नेपाल कम्पनीले सल्यानमा निमार्ण गरेको टावर प्रयोगविहिन भएको छ । टावर प्रयोगविहिन भएपछि टावरका सामानहरु चोरी हुनका साथै तोडफोडसमेत भएको छ ।

२०६४ सालमा शिद्धकुमाख गाउँपालिका र कुमाख गाउँपालिको बिचमा पर्ने कुमाख लेखमा करोडाँैको लगानीमा निर्माण गरेको हेलो नेपालका सामानहरु अहिले चोरी हुनकासाथै तोडफोड भएका छन ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरिदिएपछि टावर निर्माण गरेको एक दुई बर्षसम्म सञ्चालनमा आएपनि बन्द रहदै आएको छ ।

कम्पनीले बेवास्ता गरेका कारण सामान अलपत्र परेकोे हो । टावर हेरचाह गर्नको लागि दुईजना चौकिदार राखिएपनि तलब नपाएपछि उनिहरुले काम गर्न छोडेका थिए । चौकीदारहरुले काम गर्न छोडेपछि टावरको सामान तोडफोड हुनका साथै सोलारका पातासमेत चोरी भएको स्थानीय शेर बहादुर डागीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button