२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण

किरण श्रेष्ठ २०७६ कार्तिक १८ गते १५:००

तनहुँ । तनहुँको व्यास नगरपालिका स्थानीय समन्वय समितिले नगरपालिकाको वडा नम्बर १४ स्थित केशवटारमा अपाङ्गता परिचय पत्र वितरण शिविर आयोजना गरी परिचय पत्र वितरण गरेको छ । ३८ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाइ परिचय पत्र वितरण गरिएको हो ।

सो शिविरमा व्यास नगरपालिकाका उपप्रमुख तथा स्थानीय समन्वय समितिकी संयोजक मीरा जोशी तथा व्यास नपा १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले परिचय पत्र वितरण गर्नुभएको थियो ।

शिविरमा आएका ४३ जना अपाङ्गता भएका व्यक्तिहरु मध्ये १० जना पुर्ण अशक्त, १६ जना अति अशक्त, ९ जना मध्यम र १ जनाले सामान्य अपाङ्गता सम्बन्धि परिचय पत्र पाएका छन ।

यसरी परिचय पत्र पाएका व्यक्तिहरु मध्ये रातो कार्ड पाउने पुर्ण अशक्त र निलो कार्ड पाउने अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले राज्यबाट ३००० र १६०० रुपैयाँका दरले मासिक सामाजिक सुरक्षा पाउनेछन भने अन्य कार्ड पाएका व्यक्तिहरुलाइ पनि विभिन्न सहायता उपलब्ध गराउने कार्यक्रम व्यास नगरपालिकाले योजना गरेको उपप्रमुख मिरा जोशीले बताउनुभयो ।

व्यास नगरपालिकामा स्वंयसेवकहरु परिचालन गरी अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा आवेदन संकलन गर्न र सम्बन्धित कागजात मिलाउनका लागि रिसेडले व्यास नगरपालिकालाई सहयोग गरिरहेको छ ।

यस्ता शिविर अन्य वडाहरुमा पनि संचालन गरी ५०० भन्दा बढि अपाङ्गता भएका व्यक्तिहरुलाइ मंसिर महिना भित्रमा परिचय पत्र वितरण गर्ने योजना नगरपालिकाको रहेको छ ।

सम्बन्धित