तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुकलाई उर्जामा आत्मनिर्भर बनाउन विभिन्न प्रवद्धनात्मक कार्यक्रम ल्याइने’

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले स्वच्छ, दिगो र सर्वसुलभ ढंगबाट सबैमा गुणस्तरीय उर्जाको पहुँच बढाउँदै उर्जामा आत्मनिर्भर हुन आवश्यक रहेको बताउनुभएको छ ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २३औँ बार्षिकोत्सव समारोहमा मन्त्री पुनले बैकल्पिक तथा नविकरणीय उर्जाका स्रोत र प्रविधिहरुको प्रबद्र्धन गर्दै मुलुकलाई उर्जामा आत्मनिर्भर बनाउन विभिन्न प्रवद्धनात्मक कार्यक्रम ल्याइरहेको बताउनुभयो ।

उहाँले बैकल्पिक तथा नविकरणीय उर्जाको सहज पहुँच विस्तार गरेर ग्रामिण क्षेत्रको जिविकोपार्जनमा सुधार ल्याउन केन्द्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्नुभयो ।

उर्जा क्षेत्रमा आवश्यक ऐन कानुनलाई चाँडै टुङ्याउने बताउँदै मन्त्री पुनले नविकरणीय उर्जामा नीजि क्षेत्रको लगानी र आकर्षण बढ्ने विस्वास व्यक्त गर्नुभयो ।

बार्षिक उत्सवको अवसरमा केन्द्रले लघु उर्जा, सौर्य र बायो ग्यासका क्षेत्रमा योगदान पुर्याउने ३ वटा संस्थालाई २५÷२५ हजार रुपैयाँ राशीको सुप्रविधि नवीकरणीय उर्जा पुरस्कार प्रदान गरेकोे थियो ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश घिमिरे, केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, विकास साझेदार संस्थाका प्रतिनिधि साइमन लुकास, क्लाउडिया हिप्पेलगायतले बैकल्पिक तथा नविकरणीय उर्जाका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button