तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय क्षेत्रमा भएको दुर्घटनामा परी एक जना नेपालीको मृत्यु, एक घाइते

कञ्चनपुर।भारतको उत्तर प्रदेश स्थित खिरी जिल्लाको क्रसर भन्ने स्थानमा सोमबार बिहान भएको दुर्घटनामा परी एक जना नेपालीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सीमावर्ती भारतीय बजार खजुरीया नजिकै रहेको क्रसर भन्ने स्थानमा युपी ३१ टि ०३२७ नम्बरको भारतीय सिन्धु ट्राभल्सको सार्वजनिक बसले पछाडीबाट ठक्कर दिँदा म २ प ६८०५ नम्बरको नेपाली मोटरसाइकलमा सवार कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ झिलमिला निवासी राजेश लुहारको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

मोटरसाइकल चालक झिलमिलाकै राहिल रोकाया सामान्य घाइते भएको घटनास्थल पुगेका गजेन्द्र चन्दले जानकारी दिनुभयो । घटना पश्चात भागिरहेका बस चालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ भने नेपाली सुरक्षाकर्मीको टोली पनि घटनास्थलमा पुगेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button