तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको उम्मेदवारमा ढकाल

काठमाडौं।आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार चयन गरेको छ । उक्त दलको भक्तपुर जिल्ला सचिव रहनुभएका उहाँलाई सचिवालय बैठकले उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।Image result for देवीप्रसाद (डिपी) ढकाल

यसअघि जिल्ला कार्यसमितिले उम्मेदवार ढकालका साथै रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र महिलातर्फ नारायणी फुयाँलको नाम केन्द्रमा सिफारिस गरेको थियो । उहाँ पूर्वमाओवादी नेता हुनुहुन्छ । प्रदेशसभा सदस्यमा यसअघिको निर्वाचनमा उम्मेदवार ढकाल तात्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । यसैगरी सोही पदका लागि नेपाली काङ्ग्रेसले पनि १० जनाको नाम सिफारिस गरेकामा आजसम्ममा उम्मेदवार चयन हुने सम्भावना रहेको बताइएको छ भने नेमकिपा र अन्य दलले अहिलेसम्म कसैको नाम पनि सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button