काठमाडौँ । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा पूरै विकेट गुमाउँदै २०१ रन मात्रै बनाउन सक्यो ।
एमसीसीका लागि ओपनरमा आएका ब्याट्म्यान विल्ली गोडलम्यानले ५२ र विल रोर्डसले ५४ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै, टोम विस्लीले १०, विल भेन्डेस्परले ३६, क्यालम ज्याक्सन र आलेक्स थोमसनले समान ११-११ रनको योगदान दिए ।
एमसीसीलाई रोक्न नेपालका लागि ललितनारायण राजबंशी र पवन शरार्फले समान चार–चार विकेट लिए । त्यस्तै अविनास बोहोरा र करण केसीले एक–एक विकेट लिए ।