तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न राष्ट्र बैंक बोर्ड बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । आज  विहान गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको बैठकले राष्ट्र बैंक सञ्चालक समित सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा राष्ट्र बैंककै सञ्चालकद्वय सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् ।

श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेकोलगायतका आरोप छन् ।समितिले प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनका आधारमा आवश्यक कारवाही हुने बताइएको छ ।श्रेष्ठ २०७२ फागुनमा नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button