तपाईँ सुन्दै हुनुहुन्छः

आज ओरालो लाग्यो अमेरिकी डलरको मूल्य (सूचीमा हेर्नुहोस्)

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) युके पाउण्डसहित प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र बिक्रिदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस् –

प्रतिक्रिया राख्नुहोस्

Back to top button