तपाईँ सुन्दै हुनुहुन्छः

ज्ञानेन्द्रको कप्तानीमा नेपालको पहिलो खेल एमसीसीसँग, पारस पनि सहभागी

काठमाडौं । ज्ञानेन्द्र मल्लको नेपालले पहिलो पटक आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल भ्रमणमा रहेको एमसीसीसंग टीयू क्रिकेट मैदानमा ०९ः१५ मिनेटमा नेपालको सिनियर टिमले प्रतिस्पर्धा गर्न लागेको हो ।

आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो । बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनवसीय फष्र्ट क्लास क्रिकेट खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछ ।

केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानी पाएको छ । यद्यपी पूर्वकप्तान पारस पनि यो खेलमा खेल्दैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button