तपाईँ सुन्दै हुनुहुन्छः

एएफसी कपमा नेपालका कुनै पनि क्लबले सहभागिता जनाउन नपाउने

काठमाडौं । आउँदो एएफसी कपमा नेपालका कुनै पनि क्लबले सहभागिता जनाउन नपाउने भएका छन् । एन्फाले पठाएका १४ वटै ए डिभिजन क्लबलाई एएफसीले अस्वीकार गरेपछि नेपालको सहभागिता शुन्य हुने भएको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार यस वर्ष लाइसेन्स जारी नभएपछि एएफसीको सहभागिता नहुने अवस्था आएको हो ।

एएफसी कपका लागि नेपाली फुटबल टिमहरु मनाङ मसर््ङदी क्लब,थ्रि स्टार क्लब,नेपाल् पुलिस क्लब,जावलाखेल युथ क्लब,संकटा क्लब,फेन्ड्स क्लब,सरस्वति क्लब,हिमालयन शेर्पा क्लब,ब्रिगेड ब्वाइज क्लब,त्रिभुवन आर्मी क्लब,मछिन्द्र क्लब,न्यु रोड क्लब र ,च्यासल युथ क्लबले आवदेन दिएका थिए । एएफसीले केही समयअघि मात्रै एन्फालाई क्लबलाई अनधिकृत रुपमा लाइसेन्स वितरण गरिएको भन्दै जरिवाना गरेको थियो । सो बेला एएफसीले एन्फालाइ ३५ हजार डलर जरीवाना र २ बर्षमा फेरी यस्तो घटना दोहोरीएमा निलम्बन गर्ने जरिवाना गरेको थियो ।

एन्फाले अर्को वर्षका लागि क्लबलाई लाइसेन्स वितरण गर्नका लागि एएफसीको सबै प्रकृया पुरा गर्दै नयाँ पद्धतिमा लाइसेन्स वितरण गर्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button