तपाईँ सुन्दै हुनुहुन्छः

निवर्तमान सभामुख महराको थुनछेक बहस सकिएन

अर्जुन श्रेष्ठ, काठमाडौं । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आजको लागि सकिएको छ ।

काठमाडौं जिल्ला अदालतको न्यायाधीश सुदर्शन राज पाण्डेको इजलासमा महरालाई थुनामा पठाएर वा थुनामुक्त गरेर मुद्दा अघि बढाउने भन्ने थुनछेक बहस भएको थियो ।

थुनछेक बहसमा पीडितको पक्षबाट सरकारी वकीलको बहस सकिएको छ । सरकारी बकिलको बहस सकिएपछि महराको पक्षबाट बहस चलिरहेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका शुक्रबार न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा महराको थुनछेक बहस भएको थियो ।

प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा ७ वर्ष कैद सजायँ मागदाबी सहित जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध मुद्दा दायर भएको छ ।

जबरजस्ती करणीको अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएपछि महरालाई प्रहरीले १९ असोजमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button