२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

झापाको गौरादहमा सौर्य उर्जावाट खानेपानी वितरण

निशेष राई २०७६ कार्तिक १७ गते १८:३३

फाइल तस्बिर

झापा। झापाको गौरादहमा सौर्य उर्जावाट खानेपानी वितरण गरिएको छ । गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले हालै जडित सौर्य उर्जा प्रयोग गरेर खानेपानी बितरण शुरु गरिएको अध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो ।

सौर्य उर्जा प्रयोग गरेर पानी वितरण गरिदाँ उपभोक्ताहरुले बिगतको भन्दा सस्तो मूल्यमा पानी उपभोग गर्न पाएका छन् । खानेपानीमा सौर्य उर्जाको प्रयोगसँगै उपभोक्ताले महषुलमा राहत पाएको उहाँको भनाई छ ।

गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भण्डारीका अनुसार सौर्य उर्जाबाट पानी तान्ने मोटर र कम्प्लेसर मेशिनसमेत चल्ने प्रविधिको प्रयोग गरेपछि पानीको महशुल सस्तो भएको हो । यस अघि नियमित रुपमा खानेपानी उपभोक्ता समितिले बिद्युतीय पम्पको प्रयोग गरेर पानी तान्ने गरेको थियो । भण्डारीले सौर्य शक्तिको प्रयोगबाट महिनामा झण्डै ७० हजार भन्दा धेरै बिद्युत महशुलमा मात्र नाफा हुने देखिएको बताउनुभयो ।

यसरी सस्तो भएपछि उपभोक्तालाई पनि मासिक महशुल घटाएको उहाँले बताउनुभयो । महिनामा सामान्यतया रु. एक लाख पाँच हजारदेखि २० हजारसम्म बिद्युत महशुल उठ्ने गरेको थियो । अहिले ४५ दशमलव ४ किलोवाट बिद्युत उत्पादन हुने सौर्य उर्जाको प्रयोग भएपछि दैनिक झण्डै ५० प्रतिशत बिद्युत महशुल कम उठ्ने प्रारम्भिक प्रयोगमा देखिएको छ ।

एक नम्वर प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट कुल रु. ९६ लाख ४६ हजार १९० रुपयाँ अनुदान रकमबाट सौर्य उर्जा सञ्चालन गरिएको हो । २०५२ सालमा स्थापना गरिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा दुई हजार तिन सय ५० जना सदस्य रहेका छन् ।

सम्बन्धित