सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ती जारी गरी मन्त्रिपरिषद्को सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको जानकारी गराएको छ ।
राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
आजबाट पदमुक्त हुनुहुने प्रदेश प्रमुख हरूमा प्रदेश नं. १ का प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं. २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं. ३ का अनुराधा काईराला, गण्डकी प्रदेशका बाबुराम कुँवार, प्रदेश नं. ५ का उमाकान्त झा, कर्णली प्रदेशका दुर्गाकेशर खनाल र सुदुरपश्चिम प्रदेशका मोहनराज मल्ल हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्