तपाईँ सुन्दै हुनुहुन्छः

लाइसेन्स नभएसम्म तिन हजार अटो घरमै थन्किने

तुलसीपुर – दाङमा संचालनमा रहेका करिब तिन हजार दुर्यसय अटो घरमै थन्किने भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा घोराहीमा बसेको यातायात व्यवस्था कार्यालय, विभिन्न यातायात अटो प्रालि, मजदुर संगठन, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले चालक अनुमति पत्र नभएकालाई चलाउन नदिने निर्णय गरेपछि ती अटोहरु घरमै थन्किने भएका हुन् ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार दाङमा संचलानमा रहेका चार हजार छ सय अटो मध्ये करिब तिन हजार दुई सय अटो सवारी चालक अनुमति पत्र (लाईसेन्स) नभएकाले चलाउने गरेका छन् ।

यो निर्णय भएसंगै अब चालक अनुमति पत्र भएकाले मात्रै अटो सडकमा गुडाउन पाउने भएका छन् । अनुमति पत्र नभएसम्म चलाउन नपाउने निर्णय भएपछि अब दाङका शहर र सडकमा अटोको संख्या निकै कम हुनेछ ।

यात्रुको सुरक्षित यात्रा तथा प्रचलित नियमको प्रभावकारी कार्यान्वनका लागि यस्तो नीति अबलम्बन गरेको ट्राफिक प्रमुख रेग्मीले बताउनुभयो । ट्राफिक प्रहरीले गत शुक्रबारदेखि चालक अनुमति पत्र नभएका अटोलाई नियन्त्रणमा लिन सुरु गरेको थियो ।

तुलसीपुर, दंगीशरण, बबई, नारायणपुर, घोराही, लमही, भालुबाङ लगाएतका स्थानबाट सवारी चालक अनुमति पत्र नभएर संचालमा आएका दुईसय ५८ वटा अटोलाई नियन्त्रणमा लिएको थियो । यद्यपी लाइन्सेसन नभएसम्मका लागि घरमा राख्ने सहमतिमा प्रति अटो एक हजार रुपैयाँका दरले जरीबाना गरेर छोडेको ट्राफिक प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरमा लाइसेन्स पटक–पटक खुलेपनि अनुमति बिना नै चलाउन पाइने भएपछि लाइसेन्स बनाउन जानै छोडेको ट्राफिक प्रहरीको निश्कर्ष छ ।

यता सार्वजनिक मालिका कालिका अटो प्रालिले निर्णयलाई कार्यान्वन गर्ने बताएको छ । १५÷१५ दिनमा अटोका लागि ट्रायल खोल्ने सहमति भएको बताउदै प्रालिका अध्यक्ष दिलिप विकले जिल्लामा आइतबार सिडियोको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको बताउनुभयो । ‘साहु ऋण काडेर अटो किनेकालाई केही पिडा भएपनि दिर्घकालिन रुपमा सबैका हितमा भएको अध्यक्ष विकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button