तपाईँ सुन्दै हुनुहुन्छः

अपडेटः सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

मेलम्ची – अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
मुडे देउरालीबाट काठमाण्डौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुवाहक बस सुनकोशी नदी खसेको हो । १३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीय ढकप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो । उहाँकाअनुसार केही शवहरु खोलाले बगाएकोसमेत बताइएको छ ।

दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सिधुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उहाले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो ।

घाइतेलाई सिन्धु सहावहार अस्पतालमा लगिएको छ भने गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button