तपाईँ सुन्दै हुनुहुन्छः

मयुर नाँच नाचेर बिद्यालयलाई सहयोग

रुकुम – रुकुम पश्चिम त्रिबेणी गाउँपालिका ५, लाईतको एक युवा क्लबले दशैँ तिहारमा मयुँर नाच नाची संकलन भएको रकम बिद्यालयलाई सहयोग गरेको छ ।

स्थानीय समाज परिवर्तन युवा क्बलले दशैँ तिहारको अवसरमा वडाका घरघरमा मयुँर नाँच नाचेर संकलन गरेको एक लाख ३७ हजार रकमबाट व्यवस्थापन खर्च कटाएर बचत भएको ८३ हजार रकम स्थानीय जनस्थापना आधारभूत बिद्यालयलाई सहयोग गरिएको क्लबका सहसचिब टेकबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बिद्यालयमा लामो समयदेखि आर्थिक समस्यामा गुज्रिरहेको अवस्थामा बिद्यालयको भौतिक तथा अन्य सुधारको लागि उक्त रकम एक कार्यक्रमका लागि वितरण गरिएको हो ।

रकम सहयोग गरिएपछि बिद्यालय परिवार खुसि रहेको र आवश्यक कार्यको लागि उक्त रकम खर्च गर्ने बताईएको छ । देउसीभैलो तथा मयुँर नाँचमार्फत संकलन भएको रकम भोजभत्तेर लगायतका अन्य कार्यमा खर्च पर्ने संस्कार बढिरहेको बेला सामाजिक उत्तरदायित्वमा लगानी गर्न सकारात्मक सन्देश प्रदान गर्न क्बले उक्त रकम बिद्यालयलाई सहयोग गरेको क्लबले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button