२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

अम्बा बेचेर पढाई खर्च जुटाउदै बालबालिका

दिपक शर्मा २०७६ कार्तिक १७ गते १३:३९

सल्यान – सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर १ बेलौतिघारीका बालबालिकाले अम्बा बेचेर पढाई खर्च जुटाउने गरेका छन । प्रसस्त मात्रामा पाइने अम्बा बिदाको दिन तथा विद्यालय खुलेको दिनमा पनि बिहान बेलुका अम्बा बेचेर शैक्षिक सामग्री जुटाउने गरेको हुन ।

घर नजिकै रहेको जलामारे सामुदायिक बन क्षेत्र भित्र रहेका अम्बा टिपेर राप्ती राजमार्गमा पर्ने दाङ सल्यान रुकुम सडकखण्डमा बसेर साँझ बिहान अम्बा बेचेर आम्दानी गर्ने गरेको बलौतीघारीका १२ बर्षका मोहन बोहराले बताउनुभयो । उहाँका अनुसार आफु जस्तै धेरै साथीहरुले अम्बा बेचेर घर खर्च चलाउनुका साथै पढाई खर्चसमेत जुटाउने गरेका छन् ।

आर्थिक समस्याकै कारण अम्बा बेच्ने गरेका बालबालिका भेटिएमा यस्तो समस्याको पहिचानको गरी पहल गरिने शिद्धकुमाख गाउँपालिका वडा १ का वडा अध्यक्ष रामबहादुर बस्नेतले बताउनुभयो । अहिले अम्बाको सिजन भएकाले रहरलेमात्र बालबालिकाले अम्बा बेच्ने गरेको बताउनुभयो ।

सम्बन्धित