तपाईँ सुन्दै हुनुहुन्छः

निजी मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क अझै फिर्ता दिएनन्, विद्यार्थीहरुलाई अस्पताल प्रवेशमा रोक

काठमाडौं । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् ।शुल्क फिर्ता गर्नको साटो बरु उल्टै विद्यार्थी भर्ना नगर्ने निजी मेडिकल कलेज सञ्चालकले चेतावनी दिँदै आएका छन् ।

गण्डकी मेडिकल कलेजको हकमा गत फागुनमै एक महिनाभित्र बढी असुल गरिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको विद्यार्थी अनित सिन्हाले बताए ।

बढी शुल्क लिएको भन्दै कलेज प्रशासनमा विरोधमा उत्रिएका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीमाथि हा तपा त भएको छ ।

कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै बिहीबारदेखि विद्यार्थीले सुरु गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको पी डित विद्यार्थीले बताएका छन् । आन्दोलनमा सहभागी विद्यार्थीलाई अस्पताल प्रवेशमा समेत रोक लगाइएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button