तपाईँ सुन्दै हुनुहुन्छः

गल्कोटको जंगलमा ३ जनाको शव फेला

बागलुङ्ग । बागलुङ्गको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जंगलमा शनिबार दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन् ।

चन्द्रपुर–३ पोखरीयाको जंगलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए । गुल्मीतर्फको जंगलमा शव फेला परेका गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताउनुभयो ।

अन्दाजी २६ वर्षीया महिला, सात वर्षीय बालक र पाँच वर्षीया बालिकाको शव फेला परेको हो ।

स्थानीयले घाँस दाउरा गर्नेक्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा गुल्मीबाट प्रहरी टोली पुग्दै गरेको भट्टराईले बताउनुभयो । ‘नजिकको प्रहरी कार्यालयभन्दा पाँच घण्टा टाढा घटना भएको हो’, उनले भने । शवकोे पहिचान खुल्न बाकी रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button