तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर एक जनाको मृत्यु

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा गएराती भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर ५ बोल्देका ४९ बर्षिय नेत्र बहादुर तामाङ (मोक्तान)को भिरबाट खसेर मृत्यु भएको हो ।

काम गरेर घर फर्कदै गर्दा भिर बाट लडेको र उपचारको क्रममा मेलम्ची लैजादै गर्दा तामाङको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले लाशलाई पोष्ट मार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button