तपाईँ सुन्दै हुनुहुन्छः

पाँच विद्यालय अन्तिम आठमा

मेलम्ची । प्रथम नेपाल–हिल्फे कप जिल्लास्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको अन्तिम आठमा विभिन्न पाँच विद्यालयले स्थान सुरक्षित गरेका छन्।

ईर्खु मावि ईर्खु, राजेश्वरी मा.वि. सिपापोखरे, सरस्वती मा.वि. ग्याल्थुम, सिद्धिगणेश मा.वि. सानोसिरुवारी र सेतीदेवी पञ्चकन्या मावि कुबिण्डे आ–आफ्ना प्रतिस्पर्धी विद्यालयहरुलाई पराजित गर्दै क्वाटर फाइलनमा प्रवेश गरेका हुन् । ईर्खुले रामदेवी मा.वि. जलकिने, राजेश्वरीले ज्ञानमन्दिर नमूना मा.वि मेलचौर, सरस्वतीले सेतीदेवी मा.वि. ठूलोसिरुवारी, सिद्धिगणेशले कालीदेवी मा.वि कदमवास र सेतीदेवी पञ्चकन्याले रामदेवीलाई हराएका थिए ।

शुक्रबारदेखि सुरु प्रतियोगिता अन्तर्गत शनिबार समूह चरणका नौ खेल भएका थिए। आइतबार तीन खेलपछि क्वाटर फाइलन समिकरण पूरा हुनेछ। सेमिफाइनल प्रवेशका लागि आइतबारदेखि नै क्वाटर फाइनलका खेल सुरु हुने आयोजकले जनाएको छ। ईर्खु स्पोर्ट्स क्लवको आयोजनामा चौतारा–साँगाचोकगढी नगरपालिका–८, ईर्खुमा सञ्चालित प्रतियोगिता अन्तर्गत मंगलबारसम्म भलिबल खेलाइने छ। विभिन्न १२ विद्यालयले भलिबल प्रतियोगितामा भाग लिएका थिए।

त्यसपछि चौतारा नगरस्तरीय खुला पुरुष फुटबल प्रतियोगिता आरम्भ हुने आयोजक क्लबले जानकारी दिएको छ। नगरभित्रका २८ टीमले फुलबल प्रतियोगितामा भाग लिएका छन्। कात्तिक २५ गतेसम्म ११ दिन चल्ने प्रतियोगिताको दुबै बिधाका बिजेताले ट्रफीका साथ नगद ५० हजार र उपबिजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा तेस्रो हुने टोलीले १२ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार हात पार्ने छन्।

दुबै प्रतियोगिताका प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको ट्रफीको व्यवस्था गरिएको छ। प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई विभिन्न बिधामा व्यक्तिगत पुरस्कार दिइने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button