२०७८ साल माघ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

हर्सोल्लासका साथ छठ पर्व सम्पन्न

आशिषकुमार यादव  २०७६ कार्तिक १७ गते ७:२८

सुनसरी । सुनसरी सदरमुकाम इनरुवासहितको विभिन्न स्थानमा लोकआस्थाको महापर्व छठ सनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै बिहान आइतवार उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्नभएको छ । इनरुवा सहित बबिया, हरिनगर, देवानगञ्ज, वर्जु, गढी, दुहवी, बुढी , लौकही , कोशी, भाण्टाबारी सहितका स्थानमालाखौ भक्तजनहरुले छठको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छटपर्व सम्पन्न गरेका हुन् ।
प्रकृतिको पूजा गर्दै मनाइने छठ पर्वले मधेसमा बसोबास गर्ने विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता र सद्भाव स्थापना गर्न सहयोग पुगेको छ । उनीहरुले सामुहिक रुपमा पूजापाठ र ब्रत गरेका छन् ।

अस्ताउदो र उदाउँदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा ब्रतालु महिला पुरुषले चोखो निखो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।

छठ पुजा समिति भुटाहाले पोखरीमा रात्रि जागरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छठ पुजा समिति अध्यक्ष भोला गुप्ताले बताउनभयो । अध्यक्ष गुप्ताले १ सय २० वटा घाट रहेको पोखरीमा सेवा बापत प्रत्येक घाटबाट रु ५०० लिइएको जानकारी दिनुभयो ।

दुहवीको बुढीखोलामा ७ लाख ५६ हजारको लागतमा घाट निर्माण गरिएको रञ्जित गोस्वामीले बताउनुभयो । पूजा सहित जाग्राम र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।


छठ पर्व साझा पर्वको रुपमा विकास हुँदै बर्गिय बिभेदको अन्त्य गर्न महत्वपूर्ण भूमिका रहेको कृषि तथा पशु पन्छि राज्य मन्त्रि रामकुमारी चौधरीले बताउनु भयो । आर्थिक रुपले बलिया, कमजोर सबै ब्यक्ति,जातजातिहरुका समुदाय एकै ठाउ जलाशयमा आएर पर्व मनाउनुले छट साझा पर्वको रुपमा विकास भएको उहाँले बताउनु भयो ।

झुम्का स्थित चतरा नहरमा छठ माता सेवा समिति झुम्काले आयोजना गरेको छठ पर्व कार्यक्रमको उद्धघाटन गर्नु हुदै उहाँले सो कुरा बताउनु भएको हो । छठ पर्वले सामाजिक सद्भाव बढेको छ, सामाजिक विकासकालागि उद्देश्य बोकेको पर्व अगाडी बढ्दै छुवाछुत, जातपात भन्ने बिभेदहरुको अन्त्य गर्दै मनाईरहेकोले नेपाल सरकारले पनि सोही अनुसार लिएको उहाँले बताउनु भयो । पर्वबाट भाईचारा,मित्रता, सदभाव कायम हुने भएकोले यसबाट सबैले एकता कायमगरी मुलुकको विकासमा लाग्नु पर्ने धारणा उहाँले ब्यक्त गर्नु भयो । ‘एकतानै विकासको मेरुदण्ड भएकोले समृद्ध नेपाल, सुखि नेपालीको सपना साकार बनाउन एकता सहितको बलको खाँचो भएको उहाँले बताउनुभयो ।

जल, जमिन, हावा, पानि बैज्ञानिक मान्यता तथा उत्पादन संग जोडिएको छठ पर्वले कृषिलाई समेत जोड दिने गरेकोले पर्वको ठुलो महत्व रहेको राज्य मन्त्रि रामकुमारी चौधरीले बताउनु भयो ।

तराईमा बसोबास गर्ने मधेसीहरु मात्र होइन, छठ पर्वलाई पहाडी मुलका हिन्दू धर्मालम्बीहरुले पनि श्रद्धापूर्वक मनाएका छन् । बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको मानिन्छ ।

षष्ठी तिथिकादिन साँझब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । साँझको सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ साँझ ‘खरना’विधि सम्पन्न गरेर निराहार ब्रतथालेका ब्रतालुको उपवासको समय आजबिहान सूर्योदयहुँदासम्म झण्डै ३६ घण्टा भएको छ । कात्तिकशुक्ल चौथीकादिन ‘नहायखाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले चौथो दिन छठ सम्पन्न गरेका हुन् । छठ सम्पन्न भएसँगै ब्रतालु परिवारजनसँगै पानीघाटबाट घर फर्केपछि प्रसादखाने ख्वाउने क्रम शुरु भएको छ ।

छठको प्रसादबनाएर सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार खाने खुवाउने क्रमभने मिथिलाञ्चलमा लामो समयसम्मजारी रहन्छ । मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मित मितिनी र अन्य इष्टमित्रको घरमा छठको कोशेली पठाउने चलन छ । यसरी पठाइने कोशेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइने क्रम महीना दिनभर चलिरहन्छ । सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्नअङ्ग मानिन्छ । लोकआस्थाको छठ पर्व आपसी सद्भाभावको प्रतीक मानिन्छ ।

सम्बन्धित