तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा छठी माताको पूजाअर्चना

काठमाडौँ – छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको कमलपोखरी जानुभई पूजाअर्चना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कमलपोखरीको किनारमा निर्माण गरिएको छठघाटमा उपस्थित भई अस्ताउँदो सूर्यलाई अर्घ दिनुका सार्थ फुल, अक्षता, अविर लगायतका सामग्रीले पुजा गर्नुभयो ।

यस अघि राष्ट्रपति भण्डारी पशुपति क्षेत्र गुह्यश्वरीस्थित बागमती नदीमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजाअर्चना गर्नुभएको थियो ।

पशुपति क्षेत्रमा गुह्यश्वरी देखी गौरीघाट सम्म वाग्मती नदिको दुबै किनारमा वर्तालुहरूका लागि ६ सय ५० र कमलपोखरी किनारमा ३ सय २० वटा छठघाटहरू निर्माण गरिएका छन् भने उपत्यकाका अन्य जलाशय र नदी किनारमा समेत बर्तालुहरूले पुजाअर्चना गरेका छन् ।

छठ पर्वकै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि कमलपोखरी जानुभई विधिवत् रूपमा छठको पूजाअर्चना गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button