तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीको चन्द्रकोटमा तिन जनाको शव भेटियो, पहिचान खुल्न सकेन

बागलुङ – गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ३ हर्राचौरको चौराली पोखरा भन्ने स्थानमा एक अधवैंसे महिलासँगै दुई बच्चाको शव भेट्टिएको छ । चन्द्रकोट गाउँपालिका वडा नं. ३ अध्यक्ष किरण साहका अनुसार शान्तिपुरबाट थालेपोखराहुँदै बागलुङको गलकोट जाने सडकको मुनिपट्टी शव भेट्टिएको हो ।

अहिले घटनास्थलमा इन्सपेक्टरको कमाण्डमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली पुगेको छ । अन्दाजी अठ्ठाइस वर्षको महिला र ९/१० वर्षको तथा १२/१३ वर्षको देखिने दुई बालकको शव भेटिएको हो ।

शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिँह खड्काले जानकारी दिनुभएको छ । शवलाई पोष्टमार्टमको लागी तम्घास लैजाने तयारी भइरहेको छ। महिलाको शरिरका गरगहना जस्ताको तस्तै रहेको र घटना स्थलमा दुईवटा ह्याम्मर र रक्ताम्मे ढुंगा भेटिएकोले हत्या भएको अनुमान प्रहरीले गरेको छ ।

रगत जमेको र शव सड्न थालेकोले घटना एक हप्ता अगाडि नै भएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थल गुल्मी र बागलुङको सिमाना नजिक पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button