२०७८ साल माघ १२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

डेढ करोडमा लागतमा लोक सेवाको नयाँ भवन निर्माण

सागर परियार २०७६ कार्तिक १६ गते १७:०१

जुम्ला – करिब एक करोड ५० लाखको लागतमा लोक सेवा आयोग जुम्लाको नयाँ भवन तयार भएको छ । सम्झौता अनुसार नै दुईतले भवन निर्माण सम्पन्न भएको छ ।

कर्णालीकै सुविधा सम्पन्न नवनिर्मित भवनको लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले शुक्रबार उद्घाटन गरेका छन ।

५१ लाख १० हजार ४ सय १२ रुपैया लागतमा भुईतला आव २०७४ मा निर्माण भएको थियो । भने, १ करोड ८४ लाख २२ हजार ६ सय ७६ रुपैया लागतमा दोस्रो तलाको निर्माण २०७६ कात्तिक १० गते सम्पन्न भएको हो । अफिस कोठा, परिक्षा हल शौचालय सुविधा सम्पन्न निर्माण भएका छन् । भवन निर्माण आचारसंहित अनुसार निर्माण गरिएको नयाँ भवन भुकम्प प्रतिरोधि रहेको छ ।

निर्माण सम्पन्न भएसंगै शुक्रबार भवन उद्घाटन गर्न जुम्ला पुगेका आयोगका अध्यक्ष मैनालीले लोकसेवा आयोग आर्दश, स्वच्छता र निश्पक्षताको धरोहर भएकोले यसलाई क्षयीकरण हुनबाट जोगाइएको बताए । उनले लोक सेवा जस्तो स्वच्छ संस्थामा धमिला छिर्दा विश्वास गम्ने खतरा रहेकोले राजनीति दबाब बाट आयोग सचेत रहेको प्रस्ट पारे ।

अध्यक्ष मैनालीले अदालत बाहेकका कुनै प्रकारका हस्तक्षेप लोक सेवा आयोगका लागि सह्य नहुने समेत चेतावनी दिए । जुम्लाका कर्मचारीलाई निर्देशन दिँदै उनले आफ्नो पेसासहित सिर्जनात्मक काममा लाग्नसमेत अनुरोध गरे ।

अध्यक्ष मैनालीले संविधानले लोक सेवा समेटेको भन्दै प्रादेशिक स्तरमा संवैधानिक आयोग हुनुपर्नेमा जोड दिए । आफु आयोगको अध्यक्षका आए संगै, हुम्ला र डोल्पाको परीक्षाको खर्च महँगो कम गर्न जिल्लामै परीक्षासमेत सुरु गरिएको उल्लेख गरे ।

जुम्लामा २०५८ सालको माओबादि आन्दोलनले क्षेतिग्रष्ट कार्यालयहरुमा सेवा प्रवाहमा समस्या छ । तर लोक सेवा आयोगको नयाँ भवननिर्माणले सेवा प्रभावमा सहजता, कार्यसम्पदानमा प्रभावकारिता आउने लोक सेवा आयोगका सचिव आनन्दराज ढकालले विश्वास दिलाए ।

सचिव ढकालले लोक सेवा आयोग योग्यता, निष्पक्षता र स्वतन्त्रताको आदर्श संस्था भएकोले कसैको हस्ताक्षेपमा नरहनेको खुलासा गरे । विगत केही वर्षको नतिजा हेर्दा सानो तहदेखि सहसचिव तहसम्म जुम्लाको जनशक्ति पुगेको भन्दै, दुर्गममा सरकारी क्षेत्रमा फड्को मार्ने जनशक्ति धेरै रहेको बताए ।

सम्बन्धित