तपाईँ सुन्दै हुनुहुन्छः

इटहरीमा मुसहर बस्ती विकास कार्यक्रम सञ्चालन हुने

Image result for इटहरीमा मुसहर बस्ती विकास कार्यक्रम सञ्चालन हुने

सुनसरी –इटहरीमा मुसहर बस्ती विकास कार्यक्रम सञ्चालन हुने भएको छ । तराई मधेश सम्वृद्धि कार्यक्रमको सहयोगमा इटहरी उपमहानगरले यस बर्ष ७७ लाख बजेटमा मुसहर बस्ति विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सो कार्यक्रम अन्र्तगत यो आर्थिक बर्ष कम्तीमा १५ वटा घर निर्माण गरेर अतिविपन्न मुसहर समूदायलाई हस्तान्तरण गरिने नगरप्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए । उनका अनुसार सार्वजनिक जग्गामा घर निर्माण गरेर विपन्न मुसहर परिवारलाई हस्तान्तरण गरिनेछ ।

बषौंदेखि बाटो छेउछाउ बसेका सुकुम्वासी मुसहर समूदायका ब्यक्तिहरुलाई घर निर्माण गर्नका लागि सार्वजनिक जग्गाको निरीक्षण पनि गरिएको छ ।

उनीहरुले वडा नम्वर १६ को घोइङदा खोला छेउ र पोखरियामा रहेको सार्वजनिक जग्गा निरीक्षण गरिएको हो । चालु आर्थिक बर्षमा नै मुसहर बस्ति विकास कार्यक्रम अन्र्तगत घर निर्माण गरिने उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button