२०७८ साल माघ २ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

विश्व समुदायबीच शान्तिको लागि साझा सहकार्य आवश्यक : डा.महत

रेडियो नेपाल २०७६ कार्तिक १६ गते १४:३५
news

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले विश्व समुदायबीच शान्तिको लागि साझा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

जनतादेखि जनतासम्म अन्तर्राष्ट्रिय नेपाल च्याप्टर समन्वय समितिले आज काठमाडौमा गरेको कार्यक्रममा उनले शान्ति र सद्भावबिना मुलुकको विकास असम्भव रहेकाले साझा धारणा बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा विश्वसमुदायबीच नेपालको सांस्कृतिक सम्पदा, नेपालका हिमाल र पर्यटनको बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

 

 

सम्बन्धित