तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाले आइतबार उम्मेदवारकोे टुङ्गो लगाउने

काठमाडौं। आज बसेको नेकपा सचिवालयको बैठक विनानिश्कर्ष टुंगिएको छ ।कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै तीनवटा प्रदेशसभा सदस्यहरु र धरानका मेयरको उम्मेदवारी टुंगो लगाउन शनिबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो ।

बैठकमा उम्मेदवारहरुबारे छलफल सुरु भएको र आइतबारको बैठकले अन्तिम निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । पार्टीले कास्की क्षेत्र नम्बर २ मा स्व। रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने चर्चा चले पनि यसको अन्तिम टुंगो आइतबारको बैठकबाट मात्र लाग्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि करिब ३ घण्टासम्म बसेको बैठकले भक्तपुर, दाङ र बाग्लुङमा प्रदेशसभा सदस्यका उम्मेवारका विषयमा पनि छलफल गरेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा पनि नेताहरुवीच छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button