तपाईँ सुन्दै हुनुहुन्छः

तिहार सकिएसँगै जिल्ला छोड्नेको संख्यामा वृद्धि

फाइल तस्बिर

अछाम – नेपालीहरुका दुई ठुला चाँड बडादशैँ र दिपावली सकिएसँगै अछामका गाउँबस्तीबाट कर्मथलो फर्किनेको संख्या बढ्न थालेको छ । अछामका मुख्य व्यापारिक केन्द्र कमलबजार, सदरमुकाम मँगलसेन, जयगढ, साँफेबगर र बिनायक लगायतका स्थानहरुबाट बाहिरिने यात्रुहरुको संख्या बढेको हो ।

अछामको कमलबजारबाट कैलाली ,नेपालगन्ज लगाएतका ठाउँमा दिनहुँ सयौँको सँख्यामा बाहिरिने गरेका छन ।कोही पढाइको शिलशिलामा त कोहि रोजगारीका लागि भारतमा जानका लागि जिल्लाबाट बाहिरीरहेका छन ।

यसरी प्रत्येक दिन यात्रुहरूको सँख्या बढेपछि सवारीमा सिट समेत पाउन समस्या हुने गरेको छ । कमलबजारबाट कैलालीको लम्की जान लाग्नु भएका कमलबजार नगरपालिका वडा नम्बर ७ सेराका भुपेन्द्र भाटले यात्रुको चापका कारण बसमा सिट नपाएर उभिएर जानू परेको गुनासो गर्नुभयो ।

जिल्लाका विभिन्न स्थानबाट छुट्ने विभिन्न समितिका बसहरुमा सिट नै पाउन मुस्किल हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button