तपाईँ सुन्दै हुनुहुन्छः

यात्रुवाहक बस र मालवाहक ट्रक ठोक्किदा सप्तरीमा एकजनाको मृत्यु, २० घाइते

सप्तरी-  सप्तरीमा शुक्रबार मध्यराती यात्रुवाहक बस र मालवाहक ट्रक ठोक्किदा बस चालकको मृत्यु भएको छ । राती करिब ११ः०० बजे भएको उक्त दुर्घटनामा २० जना यात्रु घाईते भएका छन् ।

काकडभिट्टाबाट भैरहवा जाँदै गरेको लु १ ख ८२१४ नम्बरको बस र पूर्व जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक पुर्वपश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका–१ मा ठोक्किएका थिए ।

दुर्घटनामा बसका चालक स्याङ्जा घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका बस्दै आएका ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको छ । गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएका न्यौपानेको उपचारकै क्रममा मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । बसमा सवार २० जना घाइतेहरूको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button