तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब काठमाडौं आइपुग्यो

काठमाडौं । विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) को टिम नेपालविरुद्ध सिरिज खेल्न काठमाडौं आइपुगेको छ ।

एमसीसीले भोलिदेखि काठमाडौं र पोखरामा गरी ६ वटा म्याच खेल्ने छ । नेपाल आएको एमसीसीको टिममा जिम्मी एडम्स (कप्तान), यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट्, टोम वेस्ट्ले, एलेक्स स्पेन्सेर, एलेक्स थमसन, कालुम ज्याक्सोन, ओलिभर हानोन डाल्बे, इड योङ, मिल्स हामोड, विल भेन्देरस्पेर रहेका छन् ।

रिचार्ड ग्रेटोरेक्स (म्यानेजर), ओइन डोकिन्स (प्रशिक्षक), जेफ इमेन्स (अम्पायर) र एलन जोन्स (स्कोरर) रहेका छन् ।

नेपाली राष्ट्रिय टिम विरुद्ध टी–२०, एकदिवसिय र तीन दिवसिय सिरिजका लागि आएको एमसीसीमा अधिकांश खेलाडी इंग्ल्याण्डको यू १९ टिमबाट खेलिसकेका छन् । टिमको कप्तानी गर्ने जिम्मी एड्म्स टिमका अनुभवी खेलाडी हुन् ।

एमसीसी टिमले १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक प्रशिक्षण, किट प्रोभिजनमा सहयोग गर्नेछ । यसका साथै पोखरामा नयाँ स्कुल प्रतियोगिता आयोजना गर्नेछ ।

यो टुरमा एमसीसीले एउटा तीन दिवसीय, दुईवटा ५० ओभरको खेल र तीन टी २० खेल खेल्नेछ । यसका साथै एमसीसी फाउन्डेसनले पाँच वटा सरकारी स्कुलमा क्रिकेटसम्बन्धी सहयोग गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button