२०७८ साल माघ २ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

चन्दा उठाउँदै हिड्ने एक युवक पक्राउ

सन्तोष राउत २०७६ कार्तिक १६ गते १३:५६

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट एक जना युवकलाई पक्राउ गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा चन्दा उठाउँदै हिडेको आरोपमा एक जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोताङको पावैबाट सादा पोशाकमा गएका प्रहरीले चन्दा उठाउँदै हिडेका ति युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरीयाले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले जिल्ला सदरमुकाम ल्याएको प्रनाउ चिमोरीयाले बताउनुभयो ।

पक्राउ परेका व्यक्तिले फरक–फरक नाम भन्ने गरेकाले नाम एकिन गर्न नसकिएको र विप्लवका कार्यकर्ता भए नभएको पनि एकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

सम्बन्धित