तपाईँ सुन्दै हुनुहुन्छः

करिना कपूरले गरिन् टि-२० विश्वकप ट्रफीको अनावरण

एजेन्सी। बलिउड अभिनेत्री करिना कपुरले मेलबर्नको क्रिकेट मैदानमा आइसिसी टी २० विश्वकपको ट्रफी अनावरण गरेकी छिन् । महिला तथा पुरुष दुवै वल्र्डकप ट्रफीको अनावरण गरेकी हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले महिला तथा पुरुष टी २० क्रिकेटको प्रतियोगिता अर्को वर्ष अष्ट्रेलियामा गर्दै छ । सन् २०२० मा अष्ट्रेलियामा हुने सातौँ विश्व पुरुष टी २० क्रिकेट १८ अक्टोबरबाट १५ नोभेम्बरसम्म खेलिने छ । महिला प्रतियोगिता चाहिँ २१ फ्रेबुअरीबाट सुरु भएर ८ मार्चसम्म आयोजना गरिनेछ ।

यो ट्रफीको अनावरणका लागि पुगे पनि करिना अहिले अक्षय कुमारसँग फिल्म गुड न्युजमा व्यस्त छिन् । यो फिल्म अर्को वर्ष डिसेम्बरमा रिलिज हुने भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button