तपाईँ सुन्दै हुनुहुन्छः

दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली- १ जलविद्युतआयोजनाको ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौँ – रसुवा जिल्लामा प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली—१ जलविद्युत आयोजनाको वित्तीय सम्झौता भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा आज काठमाडौंमा आयोजित कार्यक्रममा आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रा.लि र ऋण लगानीगर्ने विभिन्न अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा प्रवद्र्धक कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सक इ र सम्बन्धित वित्तीय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गर्नु भएको छ ।

आयोजनाको लगानी ७० प्रतिशत ऋण र ३० प्रतिशत ईक्विटीबाट जुटाइएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनामा ९ वटा अन्तराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानीगर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ ।

उत्पादित विद्युत् आन्तरिक खपतकालागि प्रत्यक्ष वैदेशिक लगानी९ँम्क्ष्०मा निर्माण हुनलागेको माथिल्लो त्रिशूली—१ जलविद्युत् आयोजना हालसम्मकै ठूलो आयोजना हो ।

विश्व बैक समूहको अन्तराष्ट्रिय वित्तनिगमले १६ करोड १३ लाख, एसियाली विकास बंैकले ६ करोड, एसियाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख, कोरियाली निर्यात–आयात बैकले १० करोड, कोरिया डेभलप्मेन्ट बैकले ३ करोड ८ लाख डलर आयोजनामा ऋण लगानीगर्ने छन् ।

यसैगरी, सिडिसी ग्रुपको २ करोड १९ लाख, नेदरल्याण्ड डेभलप्मेन्ट फाइनान्स कम्पनीको १ करोड ५४ लाख, फे्रन्च डेभलप्मेन्ट फाइनान्सियल इन्ष्टिच्यूसनको १ करोड १० लाख र अन्तराष्ट्रिय विकासकालागि ओपेक फण्डको १ करोड ३२ लाख डलर ऋण लगानी रहने छ ।

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ ।

आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ ।

उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बीहब सब स्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button