२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

छठ पर्वको अवसरमा प्रदेश नंं २ मा आइतबार सार्वजनिक बिदा

अजय कुमार झा २०७६ कार्तिक १५ गते १७:१४

जनकपुरधाम – छठ पर्वको अवसरमा प्रदेश-२ सरकारले कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिएको छ । यस पटकको छठ पर्व शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ ।

यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै बिदा दिँदै आएको थियो । छठ पर्व कठोर पर्व भएको र दुबै दिन बिदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन बिदा दिने उल्लेख गरेको छ ।

शनिबार स्वतः बिदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबारसमेत प्रदेश सरकारले बिदा दिएको छ ।

सम्बन्धित