तपाईँ सुन्दै हुनुहुन्छः

दाङको बंगलाचुली अस्पतालको सेवा शुरु

फाइल तस्बिर

घोराही– दाङको बंगलाचुली गाउँपालिकामा बंगलाचुली अस्पताल सञ्चालनमा आएको छ । संघीय तथा स्थानीय सरकारको साझेदारीमा १५ सैयाको अस्पताल आज शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

दाङका दश स्थानीय तहमध्ये बंगलाचुलीले पहिलो पटक सरकारी अस्पताल सञ्चालनमा ल्याएको हो । स्थानीय बंगलाचुली गाउँपालिकाको केन्द्र कमिरेचौरमा रहेको काभ्रे स्वास्थ्य चौकीबाट अस्पतालको सेवा सुरु गरिएको छ ।

अस्पतालको प्रदेश सांसद अमरबहादुर डाँगीको स्वास्थ्य जाँच गरेर मेडिकल अधिकृत बसन्त शाहले सेवा सुरु गर्नु भएको हो । स्थानीयको स्वास्थ्य उपचारलाई ध्यानमा राख्दै गाउँपालिका र संघीय सरकारको साझेदारीमा अस्पताल सञ्चालनमा आएको अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभएको छ ।

संघीय सरकारले सबै पालिकामा अस्पताल सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत बंगलाचुलीमा सेवा सुरु भएको हो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आन्तरिक श्रोतबाट डाक्टर, स्वास्थ्य कर्मचारी करारमा राखेको छ । अपुग कर्मचारी काभ्रे स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई परिचालन गर्ने अध्यक्ष वलीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button